देश/प्रदेश
खोक्सिकका विपन्न दलितलाई घर
०

भोजपुर, भदौ १४ –
भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका छ विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । जनता आवास कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई घर दिइएको हो ।
राज्यले निःशुल्क घर बनाइदिएपछि दैनिकी फेरिएको लाभग्राही तीर्थादेवी कामीले बताउनुभयो । “गरिबीका कारण घर बनाउन सकेका थिएनौँ”, उहाँले भन्नुभयो, “राज्यकोतर्फबाट नयाँ घर पाउँदा खुसी छु । हाम्रो पुस्तौँदेखिको पीडा अन्त्य भएको छ ।”
सहरी विकास तथा भवन डिभिजन कार्यालय, धनकुटाबाट आएको बजेटमार्फत घर निर्माण गरिएको वडाले जनाएको छ । वडाध्यक्ष वाचकुमार राईका अनुसार प्रत्येक घर निर्माणमा रु तीन लाख ३६ हजार खर्च भएको छ । घर निर्माणले विपन्न परिवारलाई सुरक्षित आवास र सहज जीवनयापनमा ठूलो टेवा पुगेको उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























