देश/प्रदेश

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

Banner

भैरहवा (रुपन्देही), भदौ १४ –

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनुभयो । सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित हुनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>