देश/प्रदेश

माछा मार्न गएका राईको लडेर मृत्यु

Banner

किमाथाङ्का (सङ्खुवासभा), भदौ १२ –

स्थानीय कासुवाखोलामा माछा मार्न जानुभएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उहाँको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उहाँले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताउनुभयो । उहाँसँगै माछा मार्न जानुभएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>