अन्तर्राष्ट्रिय

अमेरिकाको स्कुलमा गोली चल्दा ३ जनाको मृत्यु, २० घाइते

Banner

काठमाडौं,भदौ १२-

अमेरिकाको मिनेसोटा राज्यको मुख्य सहर मिनियापोलिसस्थित स्कुलमा बुधबार गोली प्रहार हुँदा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। सीबीएस न्युजका अनुसार गोली लागेर २० जना घाइते पनि भएको अधिकारीहरूले बताएका छन्।

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिसको एननसिएसन क्याथोलिक स्कुलमा आक्रमण भएको बताए। उनले यसलाई हिंसाको भयानक कार्य भनेका छन्। अधिकारीहरूका अनुसार, घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ।

दुईजना संघीय अधिकारीले सीबीएसलाई बताएअनुसार सन्दिग्धले अर्धस्वचालित हतियारले गोली चलाएको थियो। उनी पनि मारिएका छन्। रिपोर्टअनुसार, किन्डरगार्टनदेखि आठौँ कक्षासम्मका बालबालिका स्कुलमा प्रार्थना गरिरहेका बेला गोलीबारी भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे पूर्ण जानकारी दिइएको र ह्वाइट हाउसले यो भयानक अवस्थामा नजर राखिरहेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>