देश/प्रदेश

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै

Banner

बोदेबरसाईन (सप्तरी), भदौ ९ –

यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गर्नुभयो ।

सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले बजेट विनियोजनका लागि पटकपटक पहल गरिएको भन्दै सडक निर्माणपछि यहाँका हजारौँ स्थानीय लाभान्वित हुने धारणा राख्नुभयो ।

कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदेबरसाईन–१ का वडाध्यक्ष रवीन्द्रकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष शिवनारायण यादव, पूर्वाधार विकास कार्यालय राजविराजका लेखापाल वीरेन्द्रकुमार साह, इञ्जिनियर दिनेश ठाकुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत दर्जनौँ स्थानीयवासी तथा नेताकार्यकर्ताको उपस्थित थियो ।

पूर्वाधार विकास कार्यालय राजविराजको आर्थिक सहयोगमा करिब रु १४ करोड ८६ लाख २० हजार ८४५ लागतमा निर्माण हुने उक्त सडकको ठेक्का यम/यस सारस सगरमाथा जेभी त्रियुगा–११ उदयपुरले पाएको छ । गत असार २५ गतेदेखि सुरु भई विसं २०८४ असार १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीयले सडक निर्माण समयमै सम्पन्न भएमा आवागमन सहज हुने अपेक्षा गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>