देश/प्रदेश

नेपाली मोमो व्यवसायीमाथि दिल्लीमा छुरा प्रहार

Banner

काठमाडौँ, भदौ ९-

भारतको दिल्लीमा नेपाली मोमो व्यवसायीमाथि छुरा प्रहार भएको छ । दिल्लीमा २० रुपैयाँको विवादमा एक नेपाली मोमो व्यवसायी युवकमाथि तीन नाबालकले छुरा प्रहार गरेका हुन् ।

मोमो व्यवसायी नेपालका २८ वर्षीय तुलबहादुर माथि छुरा प्रहार भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

घाइते तुलबहादुरलाई तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्‍याइएयो थियो, तर गम्भीर देखिएपछि ट्रमा सेन्टर पठाइएको छ। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

पूर्वी दिल्लीको गाजीपुरस्थित राजवीर कलोनीमा मोमो खाएर पैसा नतिरेका तीन नाबालकसँग विवाद हुँदा उनीमाथि छातीमा छुरा प्रहार गरिएको थियो।

यसबारेमा थप विवरण भने आइसकेको छैन ।

स्रोतः एनडीटिभी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>