चितवन विशेष

झुवानीमा २ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Banner

चितवन, भदौ ८–

रत्ननगर नगरपालिका–५, स्थित झुवानी माध्यमिक विद्यालयमा आईतबार निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ ।
परोपकार आयुर्वेद अस्पताल, भरतपुर–१०, चितवनको सहयोगमा विद्यालय परीक्षमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय गरी दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य केशव प्रसाद गह, प्रधानाध्यापक नविन चन्द्र भट्टराई, विद्यालय नर्स प्रियंका अधिकारीको विशेष उपस्थिति रहेको थियो । सोही अवसरमा परोपकार आयुर्वेद अस्पतालका सञ्चालक विराट रेग्मी, व्यवस्थापक लोकराज अवस्थि, डा. सृष्टी भट्टाराई, सहिएता खातुन तथा समाजसेवी हरि प्रसाद पन्तलगायतले स्वास्थ्य जाँच तथा परामर्श प्रदान गरेका थिए ।

प्रमुख अतिथि वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईले विद्यार्थीहरूको स्वास्थ्य शिक्षासँग जोडिएको विषय भएकाले विद्यालय स्तरमै यस प्रकारका स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुनु अत्यन्तै लाभदायक रहेको बताउनुभयो । उहाँले विद्यालयलाई केवल शिक्षा दिने स्थान मात्र नभई स्वास्थ्य, सचेतना र सामाजिक सन्देश प्रवाह गर्ने केन्द्रको रूपमा पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै आयुर्वेद अस्पतालका सञ्चालक विराट रेग्मीले समुदायलाई स्वास्थ्य सेवामा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । समाजसेवी हरि प्रसाद पन्तले विद्यालयमा गरिएको यस किसिमको पहलले स्थानीय अभिभावक र विद्यार्थीलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधि समेत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>