देश/प्रदेश

हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ कला कार्यशाला सम्पन्न

Banner

काठमाडौँ, भदौः ८ –

‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ । आज १८औँ पुस्तकालय दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन शिक्षामन्त्री रघुजी पन्तले गर्नुभयो । उहाँले चित्रकला र पुस्तकालयलाई परस्पर परिपूरक भन्दै कलाकारलाई पुस्तक अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । “पुस्तक अध्ययनले चित्रकला अझ सरल र सशक्त हुन्छ,” उहाँले भन्नुभयो ।

प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्लेले पुस्तकालय चेतना विकासको मूल आधार भएको बताउँदै यसलाई सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता आँैंल्याउनुभयो । उहाँले प्रतिष्ठानले यस्ता सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जानकारी दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाले शिक्षामा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै बालबालिकाको अध्ययन यात्रा चित्रमार्फत सुरु हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालय प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालय प्रमुख यादवचन्द्र निरौला सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डे लगायतको उपस्थिति थियो ।

सो अवसरमा कलाकार रवीन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिं गोलेलगायतले सहभागिता जनाउनुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>