देश/प्रदेश
कमलको शव नेपाल ल्याइयो
०

काठमाडौँ, भदौ ८-
उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ । दक्षिण कोरियामा मृत्यु भएका चौधरीको शव कतार एयरलायन्सको विमानर्फत नेपाल ल्याइएको हो ।
विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको अघिल्लो सोमबार निधन भएको थियो । ईपीएस मार्फत कोरिया गएका उनी केही समयदेखि कम्पनी छोडेर बसेका थिए ।
उनको शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बहानमा घर लिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























