देश/प्रदेश
असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य
०

काठमाडौँ, भदौ ८-
यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ। विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो ।
विभागले सूचना जारी गर्दै हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारी साधन धनीलाई उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जाडान गर्न अनुरोध गरेको छ।
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























