देश/प्रदेश

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

Banner

गण्डकी, भदौ ८ –

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताउनुभएको छ ।

बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आज आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उहाँले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताउनुभयो ।

उहाँले स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा भएको बताउनुभयो । यस्ता कार्यले युवापुस्तामा मानवसेवा र सहयोगी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “रक्तदानको महत्वबारेमा थप जागरुकता पैmलाउन पनि उत्तिकै मद्दत गर्दछ ।”

संस्थाका अन्तरराष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिको १८औँ पुण्य स्मृति तथा विश्वभ्रातृत्व दिवसका अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवा केन्द्रले यही भदौ ६ देखि ९ गतेसम्म अन्तरराष्ट्रिय रक्तदान शिविरको आयोजना गरेको शाखा प्रमुख अमृत दिदीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>