देश/प्रदेश

रौतहटमा डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव

Banner

चन्द्रपुर (रौतहट), भदौ ८-

गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिनुभयो ।

शनिबार राति १०ः३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>