देश/प्रदेश

आज पञ्चराँ पर्व मनाइँदै

Banner
भादगाउँ, भदौ ५ –
आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ ९पञ्चदान० पर्व मनाउँदै छन् ।
आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी  द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर  परिक्रमा गराइन्छ ।
केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>