Breaking News

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

Banner

काठमाडौं, साउन ३-

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो। नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ। नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>