नवलपुर

गैँडाकोटमा मध्यरातमा खुकुरी देखाएर चार तोला सुन चोरी,चोर खोज्दै प्रहरी

Banner

गैँडाकोट, साउन २-

नवलपरासीको गैँडाकोटस्थित एक घरमा गएराती हतियार देखाएर सुनका गरगहना लुटपाट गरिएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नरालका अनुसार गैँडाकोट नगरपालिका–१ प्रगतीटोल निवासी सरिता पौडेलको घरमा अज्ञात समूहले लुटपाट गरेको हो ।

घरेलु हतियार खुकुरी देखाउँदै सरिताको घरभित्र पसेका तीन जनाको समूहले झण्डै चार तोला सुन चोरी गरेको निरीक्षक नरालले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुले घरका सदस्यलाई जेसुकै गर्नसक्ने धम्की दिँदै सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायतका गहना चोरी गरेका छन् । घटनाको अनुुसन्धानसंगै चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>