अर्थ
सुनचाँदीको मूल्य बढ्यो
०

काठमाडौं,साउन २-
नेपाली बजारमा साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (साउन १) छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























