अन्तर्राष्ट्रिय

युक्रेनलाई ट्रम्पको सुझावः मस्कोमाथि आक्रमण नगर्नु

Banner

काठमाडौँ, असार ३२-

जुलाई ४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसमाथि आक्रमण बढाउन निजी रूपमा प्रोत्साहित गरेको फाइनान्सियल टाइम्सको समाचारपछि उनले युक्रेनले मस्कोलाई लक्षित गरी आक्रमण गर्न नहुने सुझाव दिए। अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्पले यदि अमेरिकाले लामो दूरीको हतियार दियो भने के युक्रेनले मस्कोसम्म आक्रमण गर्न सक्छरु भनेर सोधेको दाबी गरेको थियो।

राष्ट्रपति ट्रम्पले अमेरिका ‘त्यसो गर्न खोजिरहेको छैन’ भने। ह्वाइट हाउसका अनुसार युक्रेनी समकक्षीसँगको कुराकानीमा ट्रम्प केवल एउटा प्रश्न सोधिरहेका थिए। थप हत्यालाई प्रोत्साहन गरिरहेका थिएनन्। प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प यो युद्ध अन्त्य गर्न अथक प्रयास गरिरहेको उल्लेख गरिन्।

सोमबार ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरे। यदि ५० दिनभित्र रुस युक्रेनसँग युद्धविराम सम्झौतामा नआएमा थप करका लागि तयार रहनुपर्ने चेतावनी उनको थियो। त्यो समयसीमाभित्र युक्रेनसँग शान्ति सम्झौता नभएमा अमेरिकाले रूसका बाँकी व्यापार (चीन, भारत) सहित सहयोगी देशहरूमाथि लक्षित गर्दै एक सय प्रतिशत कर लगाउने बताए।

पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ। नेटोका महासचिव मार्क रुटले अमेरिका, युरोप र युक्रेनले अझै पनि सम्झौतामा सहमत भएका हतियारहरूको विवरणमा काम गरिरहेको बताए। हालैका हप्ताहरूमा रुसले युक्रेनमा आफ्नो ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार जुन महिनामा २३० बढी सर्वसाधारणको मृत्यु भएको छ। यो तीन वर्षको युद्धमा एक महिनामा मारिएका सबैभन्दा ठूलो संख्या हो।

फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले भने, ‘भोलोदिमिर, के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छरु के तपाईं सेन्ट पिटर्सबर्गमा पनि प्रहार गर्न सक्नुहुन्छरु’ युक्रेनले यस वर्ष अमेरिका र बेलायतले उपलब्ध गराएको क्षेप्यास्त्र प्रयोग गरेर रुसभित्र धेरै कठोर आक्रमण गरेको छ।

जनवरीमा ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले युक्रेनमा रूसको युद्ध अन्त्य गर्ने वाचा गरे। तर वाचा अपेक्षा गरेभन्दा बढी जटिल साबित भएको छ। द्वन्द्व अन्त्य गर्न प्रगतिबाट ट्रम्प निराश भए। सोमबार ट्रम्पले आफू रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘निराश’ भएको भने। तर शान्तिको आशा कायम भएको उनको भनाइ थियो।

यस वर्षको सुरुमा रुस र युक्रेनबिच दुई चरणको युद्धविराम वार्ता भएको थियो। तर अन्य कुनै बैठक तय गरिएको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार भने कि ट्रम्पको युक्रेनमा शुल्क बढाउने र हतियार पठाउने प्रतिबद्धतालाई ‘शान्तिको संकेतको रूपमा नभई युद्ध जारी राख्ने संकेतको रूपमा’ हेरिएको भने। बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>