समाचार

२०७२ अघि बिहे भएका छोरीले पैतृक सम्पत्तिमा हक नपाउने सर्वोच्चको फैसला

Banner

काठमाण्डौँ, असार ३१-

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले २०७२ साल असोज महिनाको १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक नलाग्ने फैसला गरेको छ ।

सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको बृहत पूर्ण इजलासले ललितपुरका राममणी मुडवरी र सुमित्रा मुडवरीले छोरी पुनम मुडवरीविरुद्ध तल्ला अदालतको फैसला बदर गर्न दिएको मुद्दामा सुनुवाइ गर्दै आज २०७२ सालको असोज १४ गतेअघि विवाह गरेको छोरीलाई पैत्रिक अंश हक नलाग्ने फैसला गरेको हो ।

मुडवरीकी छोरी पुनमले जिल्ला अदालत काठमाडौंमा बाबुआमाबाट अंश दाबी गर्दै मुद्दा दायर गरेकी थिइन् । २०४३ सालमा अमेरिका गएर उतैको नागरिकसँग २०५१ चैत १३ गते उनको विवाह भएको थियो । सर्बोच्चमा संक्षिप्त फैसलामा उल्लेख भएअनुसार मुडवरीको २०६८ सालमा अंश मुद्दा चलिरहँदा सम्बन्ध विच्छेद भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>