प्रवास

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

Banner

काठमाडौं,असार ३१-

अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना जनाएको छ। घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ। कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो।

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए। उक्त कारमा यादवसहित चार जना सवार थिए। प्रहरीका अनुसार, होन्डा गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोक्किएको थियो। कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, लुइसियाना टेक विश्वविद्यालयले दुई विद्यार्थीको मृत्युको घटनाबारे दुःख व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>