समाचार

सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा एक घण्टादेखि होल्डमा

Banner

काठमाडौँ, असार २४

रसुवाको बाढी-पहिरोमा परेका नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको एक हेलिकोप्टर यतिबेला चिनियाँ भूमिमा होल्डमा छ।

भूलवश्, चिनियाँ भूमिमा प्रवेश गरेको सो हेलिकोप्टरलाई चिनियाँ जनमुक्ति सेनाले डेढ घण्टादेखि होल्डमा राखेको हो। ‘नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेको देखेपछि चिनियाँ जनमुक्ति सेनाले अवतरण गराएर होल्डमा राखेको हो, अहिले चिनियाँ सरकारलाई आग्रह गरेर सकुशल फिर्ता गर्ने प्रयास भइरहेको छ’, सुरक्षा निकायको उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले सहजीकरणको प्रयास गरिरहेका छन्। नेपाली सेनाले भने प्राविधिक कारणले पारिपट्टी ल्याण्ड गराएर राखिएको जनाएको छ। उसले प्राविधिक समस्या समाधान भएपछि फर्कने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>