खेलकुद
जोटालाई लिभरपुलले दुई वर्षसम्म करारको रकम भुक्तानी गर्ने
०

काठमाडौँ, असार २१-
इङ्लिस क्लब लिभरपुलले आफ्ना फुटबलर स्वर्गीय डिएगो जोटाको परिवारलाई करार अवधिभरको रकम भुक्तानी गर्ने भएको छ।
सन् २०२२ मा लिभरपुलसँग पाँच वर्षको करार थपेका जोटाले प्रति हप्ता १४० हजार युरो पाउने गरी सम्झौता गरेका थिए। यो रकम वार्षिक लगभग ७.२ मिलियन युरो हुन आउँछ।
क्लबले जोटाको परिवारलाई करिब १४.५ मिलियन युरो भुक्तानी गर्नेछ।
जोटा र उनका भाइ आन्द्रेको बिहीबार बिहान स्पेनमा भएको कार दुर्घटनामा निधन भएको हो। जोटाको निधन उनको बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँगको विवाहको दुई हप्तापछि भएको हो।