खेलकुद

उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य

Banner

काठमाडौँ, असार २१-

सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>