तनहुँ

दाताको भरमा देवघाटको सरकारी वृद्धाश्रम

Banner

सुवास लामिछाने,

देवघाट,असार २०-

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा सरकारले सञ्चालन गरेको वृद्धाश्रम दाताहरुको सहयोगको भरमा धानिदै आएको छ । केही वर्षयता सरकारी बजेटको अभावमा दैनिक खाद्यन्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दाताहरुको सहयोगबाट धानिदै आएको छ ।

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा ३५ जना वृद्धवृद्धाहरु रहेका छन् । वि.स.२०५२ सालमा स्थापना भएको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा वार्षिक तलब र खाद्यान्न गरेर अनुमानित रु ४० लाख हाराहारीमा खर्च हुने गरेको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म बजेटको अभावमा वृद्धवृद्धालाई पालन पोषणका लागि विभिन्न ठाँउमा गुहार्नपथ्र्यो ।

दाताले पुण्यतिथि, जन्मदिन, स्मृति दिन, वैवाहिक गठबन्धनका दिन वृद्धवृद्धाका लागि खानाका लागि दिएको रकमले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं समाज कल्याण केन्द्र वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिले सम्बन्धित स्थानिय निकायको सिफारिसमा पालनपोषण गर्ने आफन्त नभएका ६५ वर्ष नाघेका वृद्धा र ७० वर्ष नाघेका वृद्धलाई वृद्धाश्रममा राख्दै आएको छ । ती वृद्धवृद्धाका लागि कतिपय दाताले नगद सहयोग पनि गर्ने गरेका छन् । वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार देवघाट गाँउपालिका ५ मा रहेको धमार्थ अस्पताल देवघाटमा हुने गरेको छ । बरालले पछिल्लो समय वृद्धवृद्धालाई माया गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा आर्थिक अभावमा रहेको केन्द्र दाताको सहयोगमा सहज सञ्चालन भएको बताउनुभयो । केन्द्रमा थप वृद्धवृद्धा राखेर उनीहरुको राम्रो पालनपोषण गर्ने देवघाट क्षेत्र विकास योजना बनाएको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रममा ६ जना कर्मचारीले दैनिक कार्य सम्पादन गर्दै आइरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>