खेलकुद
कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक
०

काठमाडौँ, असार १५-
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छिन् । उनी लाओस विरुद्धको खेलमा कप्तानी डेब्यूमै ह्याट्रिक गर्न सफल भएकी हुन् । साम्बाले ५९ खेल खेल्दै आफ्नो व्यक्तिगत गोलको सङ्ख्या ६२ पुर्याएकी छिन् ।
साम्बाले पहिलो हाफमा एउटा गोल गरेकी थिइन् । उनले दोस्रो हाफपछि थप तीन गोल गरेकी हुन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा साम्बाले पहिलो पटक कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । साम्बा नेपाली महिला फुटबल टोलीकी ११औँ कप्तान हुन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























