राजनीति

धरानमा मेयर र उपमेयर अडानले कार्यपालिका बैठक १५ मिनेटमै स्थगित

Banner

इटहरी, असार ८

धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिइ रहेका बेला आइतबार बसेको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएको छ।

उपमेयर आइन्द्र विक्रम बेघासहित २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यले प्रक्रिया नपुर्‍याई बैठक आह्वान गरेको जनाउँदै लिखितपत्र मेयर हर्क साम्पाङलाई दिएपछि स्थगित भएको हो। मेयर साम्पाङ्लाई उपमेयर बेघा नेतृत्वको टोलीले सबै प्रक्रिया पुर्‍याएर मात्र बैठक आह्वान गर्न लिखितपत्र दिएका हुन्। उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यले बजेटको सिलिङ तोक्नुका साथै बजेट पेस गर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न माग गरेका छन्।

असन्तुष्ट पक्षले पत्र बुझाएलगतै मेयर साम्पाङले लिखित रुपमा पत्र नै दिएपछि अब समस्या समाधानतर्फ आफू अग्रसर हुने बताए। उपमेयर बेघाले भने आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट पेस गर्ने सबै प्रक्रिया पूरा गरेर बैठक बोलाउने मेयरकै भूमिका भएको बताए।

दुई दिनअघि दुवैले पत्रकार सम्मेलन गरेर एक अर्काप्रति आरोप प्रत्यारोप समेत लगाए। सोमबार र मंगलबार भने दुवै पक्षधरको प्रदर्शनले उपमहानगरको कार्यालय क्षेत्र नै तनावग्रस्त बनेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>