राजनीति

०४६ यताका सबै नेताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔंः गगन थापा

Banner

काठमाडौं, असार ८-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्।

आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राखेका हुन्।

‘बितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ। देशले पत्याएको पूर्वन्यायाधीश छानौँ। निष्पक्ष काम गर्ने मान्छे छानौँ। यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस्। र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौं,’ उनले भने।

छानबिन गराउँदै गर्दा जतिसुकै शक्तिशाली मान्छे परेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्ने आँट गर्नुपर्ने पनि महामन्त्री थापाले बताए।

‘बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ,’ उनले भने। भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता जेन–जीको भरोसा जित्न नसकिने उनको भनाइ छ।

‘यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ। यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने। न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>