राजनीति

तीनकुने घटना दुर्गाजीले होइन, राज्यको आतंकले भएको होः धवलशम्शेर

Banner

काठमाडौं, असार ८-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशम्शेर राणाले तीनकुने घटनामा राज्यले नै आतंक मच्चाएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै तीनकुने घटना राज्यले नै भड्काएको बताए।

‘घटना भएको, दुर्घटना भएको हामीले होइन, राज्यको आतंकले हो। दुर्गा जीले पनि निमुखा जनताको सेवा गर्न लाग्नुभएको छ,’ उनले भने, ‘उहाँले पनि होइन राज्यको आतंक मच्चाएको हो। जनता भड्किएको हो। राज्यले भड्काएर त्यो घटना भएको हो। त्यसको लागि पनि छानबिनको माग गरेका छौं। सरकार छानबिन गर्न किन डराइरहेको छ मैले बुझिनँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>