राजनीति

हाम्रो आन्दोलन २०८४ मा देशको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन

Banner

काठमाडौं, असार ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले कारागारबाट दिएको सन्देश लिएर देशव्यापी रूपमा आफूहरू जाने बताएका छन् ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिलाई दुःख दिए पनि पार्टीको गतिविधिमा सुस्तता नआएको दाबी गरे । उनले भने, ‘सदनको आन्दोलन विस्तारै अब सडकमा उतारेका छौँ । अब यो आन्दोलन रोकिनेवाला छैन । मैले अस्ति पनि भनेँ हाम्रो सङ्घर्ष अनन्त छ । अनन्तकालीन सङ्घर्षको शंखनाद नै हामीले गरेका हौँ । यसका स्वरूपहरू फरक हुन्छन् । कहिले नीलो रिबन लगाएर उभियौंला, कहिले पलेँटी कसेर बसौँला, कहिले बहिष्कार नै गरौँला १ कहिले सडकमै उत्रिएर यसरी लल्कारौंला ।’
उपसभापति वाग्लेले जिल्ला जिल्ला, पालिका–पालिका र टोलटोलमा पनि जाने भन्दै आफूहरूको अभियान नरोकिने बताए । उनले भने, ‘यो अभियान २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको मूलधारे राजनीतिको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन । अब हामी उल्लासबाट संघर्षको मोड र मुडमा छौँ । दुःख पर्दाको ऊर्जालाई सशक्त राजनीतिक पुँजी बनाउँछौँ । हामी एक ढिक्का भएर अघि बढे कसैले रोक्न सक्दैन । रवि लामिछानेजीले न्याय पाउन पनि हामी राजनीतिक रूपमा बलियो हुनुपर्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>