राजनीति

स्थापना दिवसको शुभकामना दिँदै रास्वपालाई योगेशले भने- छिटो बन्यो, छिट्टै बिग्रँदै छ

Banner

काठमाडौं,असार ७-

सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापना दिवसको शुभकामना दिएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले रास्वपा छिट्टै बनेको र छिट्टै बिग्रन लागेको समेत टिप्पणी गरे।

‘आज रास्वपाको स्थापना दिवस हो, उहाँहरुलाई एकदमै शुभकामना व्यक्त गर्न चाहान्छु,’ भट्टराइले भने, ‘उहाँहरुले अरु पार्टीमाथि टिप्पणी उठारहनु भएको छ–कांग्रेस बिग्रियो, एमाले बिग्रियो। म उहाँहरुलाई भन्न चाहान्छु–हामी त बन्न पनि समय लाग्यो। बिग्रेछौँ भने पनि समय लाग्छ।’

उनले थपे, ‘तपाईंहरु त छिट्टो बन्नु भयो, छिट्टै बिग्रदै हुनुहुन्छ। त्यो ख्याल गर्नुहोला। समीक्षा गर्नुहोस् राम्रोसँग।’ रास्वपाले संसद्मा भाग समेत नलिएको भन्दै भट्टराईले संसद्प्रति विश्वास छ कि छैन भनेर प्रश्न समेत गरे। ‘संसद्‍मा दुईवटा राजनीतिक दलका साथीहरु यो संसद्‍मा भाग लिइरहनु भएको छैन,’ उनले भने, ‘संसद्मा हामी भाग लिँदैनौँ। छलफल गर्दैनौँ बिनियोजन विधेयक, नीति कार्यक्रममा भने गम्भीर प्रश्न के उठ्छ भने संसद्प्रति उहाँहरुको विश्वास छ कि छैन ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>