राजनीति

लामिछानेविरुद्ध षड्यन्त्र भएको रास्वपाको आरोप

Banner

काठमाडौं, असार ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसरमा रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक शुभकामना सन्देश जारी गर्दै मिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।

जारी सन्देशमा उनले भनेका छन्, ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>