खेलकुद
अञ्जिलाको कप्तानीमा एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

काठमाडौं, असार ६-
उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फूटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यस्तै डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह एफमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।

























