राजनीति

देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैनः सांसद चन्द्र भण्डारी

Banner

काठमाडौं,असार ५-

नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौँ। युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ? उनले भने, हामी युवाविहीन हुँदैछौँ। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लास लैजान मान्छे छैन।

उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौँ भन्छ, थर्काउँछ। देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,उनले भने । उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए। भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? उनले सोधे, मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>