राजनीति
सांसद बैठकबाट राप्रपा बाहिरिदाँ रास्वपाका पलेँटी कसेर बसे
०

काठमाडौं, असार ५-
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठक बहिष्कार गर्ने बताएका थिए । कार्यसूची अघि बढाइएपछि उनीहरू बैठकबाट बाहिरिए ।
अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले भने वेल घेराउलाई निरन्तरता दिए । बैठक सुरु हुनेबित्तिकै उनीहरूले सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि त्यहीँ भुइँमा पलेँटी कसेर बसेका छन् । बैठक जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























