राजनीति

हरि ढकालको प्रश्न: सरकारले भुइमान्छेको आन्दोलनलाई किन नजरअन्दाज गर्दै छ ?

Banner

काठमाडौँ, असार ५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सरकारले भुइमान्छेको आन्दोलनलाई किन नजरअन्दाज गरेको भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा बोल्दै ढकालले आफूहरूले भुइमान्छेको आवाज उठाएर आन्दोलन गरिरहँदा सरकारले आन्दोलनलाई नजरअन्दाज गरेको बताएका हुन्।

‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर तस्करहरूले भिजिट भिसाको नाममा मानव तस्करी गरेर लाखौँ लाख युवाहरू ठगिएको विषयमा आन्दोलित हुँदा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दै छु, उनले भने, ‘गृहमन्त्रीले सदनमा आएर बोल्दा भुइमान्छेको आवाजमा कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो त्यसको जवाफ दिनुभएन। सचिवालयको कर्मचारीको सरुवाको विषयमा जवाफ दिनुभएन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>