राजनीति
गृहमन्त्रीविरुद्ध नक्कली उजुरी दिएको आरोप लागेपछि रास्वपाले बनायो छानबिन समिति
०

काठमाडौं, असार ५-
भिजिट भिसा प्रकरणलाई लिएर सांसद सुमना श्रेष्ठको निर्देशनमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी दिइएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति बनाएको छ ।
रास्वपाको सचिवालय बैठकले सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लब विष्ट सदस्य छन् । समितिले नक्कली उजुरी दिन प्रोत्साहन गरेको/नगरेको विषयमा छानबिन गर्नेछ ।
.
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























