राजनीति

बालेन साह सम्भ‍वतः नेपालकै लोकप्रिय राजनेताः पूर्वराजदूत रञ्जित रे

Banner

काठमाडौं,असार ५-

पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) लाई सम्भवतः नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्। एक भारतीय च्यानलसँगको अन्तर्वार्तामा रेले बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको बताउँदै यस्तो जिकिर गरेका हुन्। ‘बालेन साह जो काठमाडौंका मेयर छन् उनी र्‍यापर हुन्,’ रेले भनेका छन्, ‘सम्भवतः आजको तारिखमा उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा रहेका छन्।’

युवाहरूको बाहुल्यता रहेको नेपालमा पुराना पुस्ताका नेताहरूले राज गरेको भन्दै यसले युवा पीढीलाई निराश बनाएको उनले बताए। ‘नेपालमा अहिलेका स्थापित नेताहरू ४–५ पटक प्रधानमन्त्री भइसकेका छन्, उनले भने, ‘जसबाट नेपाली युवाले केही नयाँ अपेक्षा गर्न सकिरहेको छैन।’

उनले यस्तो निराशाजनक अवस्थामा केही नयाँ शक्तिहरूको उदय भएको सुनाए। ‘रास्वपा त्यस्तै नयाँ शक्ति हो जुन युवामाझ लोकप्रिय छ,’ उनले भने, ‘यसमा राजवादी शक्ति राप्रपा पनि थपिएको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>