राजनीति

प्रवक्ता महत भन्छन्ः रास्वपासँग संसद् अवरुद्ध गर्ने मुद्दा नै छैन

Banner

काठमाडौँ, असार ३-

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपाले कुनै मुद्दाबिना नै संसदमा नाराबाजी गरिरहेको बताएका छन्।

नेपाल प्रेस युनियन बागलुङले मंगलबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाले बिनाकारण संसद् अवरुद्ध पार्ने प्रयास गरिएको बताए। ‘संवैधानिक निकायले कर्मचारीमाथि छानबिन गरिररहेको छ, गृहमन्त्रीलाई आरोपित गरेको पनि छैन,’ उनी भन्छन्, ‘कर्मचारीमाथि अनुसन्धान चल्दा मन्त्रीले राजीनामा दिन थाल्ने हो भने देश चल्न सक्दैन। उहाँहरूको सभापति रवि लामिछाने र अहिले केश नितान्त फरक हो।’

त्यति बेला गृहमन्त्रीमाथि प्रहरीले छानबिन गर्न नसक्ने भएकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको तर गृहमन्त्रीको राजीनामा नमागेको उनले स्मरण गरे। ‘अख्तियार अनुसन्धान आयोग स्वायत्त निकाय हो, यसले कर्मचारीमाथि छानबिन गरिरहेको छ, यसमा गृहमन्त्री ओरोपित हुनुहुन्न,’ उनले भने।

प्रवक्ता महतले अहिले सरकारले सही बाटो समातेको र यसलाई गति दिन आवश्यक रहेको बताएका छन्। ‘हामी सबैको संकल्प आर्थिक समृद्धि हो र हुनुपर्छ,’ उनले भने, ‘अहिले बजेटले केही संकेत गरेको छ। तर जति हुनुपर्थ्यो त्यो भएको छैन। अब कनिका छरे जसरी बजेट छरेर देशको विकास हुँदैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>