राजनीति

रवीन्द्र मिश्र अदालतमा उपस्थित

Banner

काठमाडौ, असार ३-

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका मिश्र मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

यसअघि सोमबार राप्रपा महामन्त्री एवं सांसद डा। धवलशमशेर जबरा अदालतमा उपस्थित भएका थिए । उनी सोमबार नै जिल्ला अदालतको आदेशअनुसार धरौटी बुझाएर छुटेका थिए ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । लगत्तै राणाले उक्त धरौटी बुझाएसँगै छुटेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजालसमा मिश्रको बयान भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीवार तीनकुने घटनाका मुख्य योजनाकार दुर्गाप्रसाईसहित ७ जनालाई पुपक्षका लागि थुनामा पठाएको छ ।

धवल र मिश्रलाई राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रोलगायत मुद्दा दर्ता भएको छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>