राजनीति

शान्तिपूर्ण ढङ्गले सदन नचलेसम्म बहिस्कार गरिराख्छौँः राजेन्द्र लिङ्देन

Banner

काठमाडौं, असार २-

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखबाट अनुचित काम भइरहेको आरोप लगाएको छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखले विरोधमा रहेका दलहरूलाई वार्तामार्फत मिलाउन लाग्नुको सट्टा जबरजस्त अगाडि बढाएको बताए ।

उनले भने, ‘सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ जबसम्म संसद्मा एउटा थिति बस्दैन, शान्तिपूर्ण ढङ्गले संसद् चल्ने वातावरण नभएसम्म हामी बैठक बहिस्कार गरिराख्छौँ। हामीले सभामुखलाई त्यसबारे जानकारी गराएका छौँ ।’

उनले थपे, ‘इस्युमा एक ठाउँमा छौँ । आवश्यक परे छलफल गरेर सहकार्य गरेर जान पनि सक्छौँ। अहिले हामी आआफ्नै ढङ्गले जोडिएका छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>