चितवन विशेष
थाकस चितवनद्वारा “जिन्दगी” म्युजिक भिडियोका कलाकारहरुलाइ सम्मान

चितवन, असार २-
थारु कल्याणकारी सभा (थाकस) चितवनको आयोजनामा थारु भाषाको नयाँ म्युजिक भिडियो ‘जिन्दगी’ का कलाकारहरुलाइ सम्मान गरेको छ।
थारु कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्नुका साथै युवाहरूको सिर्जनशीलता उजागर र प्रोत्साहन गर्न कलाकारहरुलाइ सम्मान गरिएको थाकसा चितवनका सभापति ललित कुमार चौधरीले बताउनुभयो । म्युजिक भिडियो ‘जिन्दगी’ मा हालको सामाजिक यथार्थ, युवाहरूको विदेश जानु परेको बाध्यतालाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको छ।
सञ्जय चौधरीको शब्द र संगीतमा तयार भएको यस गीतमा स्वयं सञ्जय चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। भिडियोलाई सुरेश चौधरीले निर्देशन गरेका हुन् भने अभिनयमा मोडेल तथा निर्देशक हिरा चौधरी र स्वस्तिका चौधरीको सशक्त प्रस्तुति देख्न सकिन्छ। भिडियोको पोस्ट प्रोडक्सन म्याडम्याक्स प्रोडक्शनले गरेको हो।
कार्यक्रममा थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । थाकस उपसभापति भुवन चौधरी र पुर्ण चौधरी, साथै समाजसेवी तथा व्यवसायी कृष्ण महतो (संचालक, होटल ह्याप्पी होम), निर्देशक सुरेश चौधरी, निर्देशक तथा कलाकार हिरा चौधरीले थारु भाषा र संस्कृतिमा आधारित सिर्जनाहरूको महत्वबारे बोल्नु भएको थियो ।
कार्यक्रममा थाकस चितवनका सभापति ललित चौधरीद्वारा कलाकारहरूलाई सम्मान गरिएको थियो। उहाँले पछिल्लो समय थारु भाषाका गीतसङ्गीतहरूको उत्पादन र सार्वजनिककरणमा वृद्धि भएको उल्लेख गर्दै यसले थारु समुदायको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भिडियोमा भुमिका निर्वाह गरेका सबै कलाकारहरु उपस्थित रहेका थिए ।