राजनीति

बागमती प्रदेशको बजेट भाषण राति नौ बजे हुने

Banner

चितवन, असार ०१-

बागमती प्रदेशको बजेट भाषण राति नौ बजे हुने भएको छ । आज अपराह्न ३ बजे प्रस्तुत गरिने भनिएको बजेट भाषण सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को विवादका कारण अन्योलमा परेको थियो । अहिले सहमति भएपछि राति नौ बजे सदन बैठक बस्ने तयारी भएको वागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले जानकारी दिए ।

‘क्याविनेटको बैठक सकिन लागेको छ । मुख्यमन्त्रीसँग म छु । ९ बजे सदन सञ्चालन गर्ने भनेर मुख्यमन्त्रीले भन्नुभएको छ, उनले भने। उनका अनुसार बागमतीको प्रदेशको बजेट ६८ अर्ब हाराहारीको आउने छ ।

अपराह्न ३ बजे बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि बैठक सारिएपनि सत्तारुढ प्रमुख दुई दलबीच विवाद भएपछि अन्योलमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>