राजनीति
विरोध भइरहँदा संसद चलाउनु दादागिरी होः ज्ञानेन्द्र शाही
०

काठमाडौं, असार १-
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ देखाएको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ रु भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’