राजनीति

जनार्दनलाई पार्टी छोड्न भनेको छैन: प्रचण्ड

Banner

विराटनगर, जेठ ३१-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’ सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>