राजनीति

पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न भए त्यसको भारी कांग्रेसले बोक्दैनः गगन थापा

Banner

काठमाडौं, जेठ ३१-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएको त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्। तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।

उनले भने, ‘भ्रष्टाचारको विषयमा कुनै पनि पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ, यसमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन। व्यक्ति चुक्न सक्ला, कोही भ्रष्टाचार, कोही प्रेस स्वतन्त्रता, कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ ठिक ढङ्गले प्रस्तुत हुन्छ।’

उनले जनतामा देखिएको असन्तुष्टि हटाउनको लागि सरकार र जनप्रतिनिधिले डेलिभरीमा ध्यान दिनुपर्ने बताए। उनले कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न नजानेको पनि औँल्याए।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>