देश/प्रदेश

लोडसेडिङ हटे पनि अझै धेरै क्षेत्रमा अँध्यारो छ– कुलमान घिसिङ

Banner

काठमाडौं, जेठ २९-

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटे पनि देशका धेरै क्षेत्रमा अझै अँध्यारो रहेको बताएका छन् ।

सर्लाहीमा नागरिक अभिनन्दन सहभागी भएका घिसिङले भने, ‘लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रूपमा करिब सात खर्ब रूपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रूपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्यासजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ।’

उनलाई लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार अभिनन्दन गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>