राजनीति
ओलीको पक्षमा उभिए लेखराज ‘नेतृत्वविरुद्ध आक्रमण प्रतिकार गरौँ’
०

काठमाडौँ, जेठ २८-
पूर्व माओवादी नेता एवं नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्र र बाहिरबाट घेराबन्दी र आक्रमण भइरहेको बताएका छन्। बुधवार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै भट्टले यस्तो बताएका हुन्।
‘पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब बढेको छ,’ भट्टले भने, ‘त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’ सचिव भट्टले पार्टी अध्यक्ष ओलीको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको समेत बताए। उनले भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ ।’
मुलुकलाई देशी विदेशी शक्तिको क्रिडास्थल बनाउन खोजेको बताउँदै भट्टले विभिन्न नाममा भइरहेका आन्दोलन र अराजनीतिक गतिविधि रोक्न एमालेको सिंगो पङ्क्ति लाग्नुपर्ने पनि बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























