राजनीति

सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैनः शेखर

Banner

काठमाडौँ, जेठ २८-

सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुने बताएका छन्। पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेता कोइरालाले यस्तो भनेका हुन्। ‘सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैन,’ उनले फेसबूकमा लेखेका छन्।

उनले थप भनेका छन्, ‘अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>