राजनीति
अनेरास्ववियुको सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध
०

काठमाडौं, जेठ २८-
बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन्।
‘विश्वविद्यालयको महिला क्लष्टरबाट उहाँ सचिवालय सदस्य निर्विरोध हुनुभएको हो,’ अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिककुमार बडालले भने।
बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्।
९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























