राजनीति

सङ्गठित अपराधको यति धेरै सूचना हुँदा चुप बस्न सक्दैनौँः रास्वपाका प्रवक्ता झा

Banner

काठमाडौं, जेठ २७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफूहरूले लिएर अडान यसै नछाड्ने प्रष्ट पारेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले राजनीतिक संरक्षण बेगैर १८ वर्षदेखि गम्भीर सङ्गठित अपराध सम्भव नहुने भएकाले आफूहरूले छानबिनको कुरालाई प्राथमिकता दिएको बताए।

रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस एमाले त्यो प्रस्ताव स्वीकार्न तयार छैन।

उनले भनेका छन्, ‘सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौ, बस्दैनौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>