राजनीति
शेखरको टिप्पणीः भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर मात्रै हुँदैन
०

काठमाडौं, जेठ २४-
भ्रष्टाचार गर्न दिन्न भनेर मात्रै भ्रष्टाचारको अन्त्य नहुने टिप्पणी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
त्यही अभिव्यक्तिलाई लक्षित गर्दै कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम हुन जरुरी छ। भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न मात्रै भनेर हुँदैन। त्यो देखिनुपर्यो, प्रतिशोधको भावना लिएर मात्रै हुँदैन। कसैलाई गर्ने कसैलाई नगर्ने भन्ने हुँदैन। यहाँ प्रतिशोधको भावना देखिरहेको छु।’
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा आफू पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्ने अभिव्यक्ति दिँदै आएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























